Anmol Mani – Bidaai | Nepali Poems

अनमोलमणि – बिदाइ | Nepali Poems
बितेका बाटाहरू हेर्दै नहेरी भेटेर जाऊ फेरि भेट हुन्छ हुन्न!
फेरि यस्तै दिन नहुन सक्छ
नवहन सक्छ यस्तै हावा
पहिरो जान सक्छ लेउ लागेको
प्राचीन बाटो
कुनै शासक
हातमा नाङ्गो तरबार लिएर
राज गर्न सक्छ हामीमाथि
त्यतिखेर सम्झ्नाको झ्िनो धागो पनि बाँकी नरहने गरी
विथोलिन सक्छ स्वतन्त्र निद्रा र सपना
सपना नदोहोरिन सक्छ,
बितेका बाटाहरू हेर्दै नहेरी भेटेर जाऊ
फेरि भेट हुन्छ हुन्न!
nepali-poem
सम्झ्िनू, भोलि उस्तै भइदिन सक्छ―
वियोगमा हामीले बगाएको आँशु र दूषित बन्दै गएको नदीको मैलो पानी
कुनै पहाडको हिउँ र बगरका ढुङ्गाहरू
निष्ठुरी आँखाले हेरेको कोमल मुस्कान र हामीले गाएको पीडाको गीत
जिन्दगीको गतिजस्तै असमान,
सम्झिँदै जाँदा आकर्षणको आँखामा जल्ने
विधवाको मनजस्तो हुन सक्छ
भोलिको सम्झ्ना―अनिश्चित र एक्लो,
कहिल्यै नमेटिने गरी ढुङ्गामा लेखिएको हाम्रो नाम
चर्किन, मेटिन र च्यातिन सक्छ
पीडा पीडाले मेटिन सक्छ विगतको सम्झ्ना
र नदोहोरिन सक्छ सम्झ्ना र समय,
बितेका बाटाहरू हेर्दै नहेरी भेटेर जाऊ
फेरि भेट हुन्छ हुन्न!

Post a Comment

أحدث أقدم