गीत : मेरो ढुकढुकीको चाल | Nepali song new
![]() |
~लेखु सहयात्री~ |
मेरा हर जवाफ अनि सवाल हौ तिमी
आफैँ भन्दा प्रिय प्रिय छौ तिमी
मेरो जिन्दगी हौ तिमी मेरो जिन्दगी हौ
तिमी तिमी छौ र त म छु अनि जिउनुको मजा छ
माया मा झैँ मीठो आभाष अरुमा कहाँ छ
तिमी पूजा तिमी मन्दिर तिमी प्रार्थना
पलपलको तिर्सना यो मनको चाहना
तिम्रो हृदयमै लुकाउ, मनको गहिराईमै डुबाउ
मेरो जिन्दगीको गित हौ तिमी
मेरो जित अनि मीठो प्रित हौ तिमी
दिलको हर कुना कुनामा छौ तिमी
मेरो जिन्दगी हौ तिमी मेरो जिन्दगी हौ तिमी
शब्द : लेखु सहयात्री
स्वर : बिक्रम राइ, पुरुशोत्तम सुबेदी, लेखु सहयात्री
सङ्गीत : बिक्रम राइ
सङ्गीत संयोजन : पुरुशोत्तम सुबेदी
What do u think of this गीत : मेरो ढुकढुकीको चाल | Nepali song new ?
إرسال تعليق