Artist- Neetesh Jung Kunwar
Album- Alter
Instrumentation- Foeseal/Neetesh
Audio Production- Foeseal
Video Direction/Concept/Editor- Darshan Pokhrel
Album- Alter
Instrumentation- Foeseal/Neetesh
Audio Production- Foeseal
Video Direction/Concept/Editor- Darshan Pokhrel
खोजीराको छु विद्यालय
जहाँ किताबले मात्र पढाइदैन
सुन्न भन्दानी बुझ्न चाहन्छु
इच्छा बिपरीत केही गराईदैैैैन
पुर्खा त मेरो सबै दुश्मनलाइ भारी
तर म जस्तो सन्तान पैदा भो
लड्न त लड्यो मेरो सिपाही दाजु
तर कुर्सीको अंकललाइ फाइदा भो
किनकि बोली भने सबको मिठो
भित्रबाट कुन्नि कस्तो
गाह्रो भयो ज्युन हामीलाई
यहाँ पैसो भन्दा माया सस्तो
हिँडिराकोछु उकाली ओराली
अनि सोच्दैछु जिन्दगी कहाँ पुग्यो
सानोमा हुँदा बन्छु भन्थे इन्जिनियर
तर अहिले त्यो जोश जाँगर कहाँ लुक्यो
सर्टिफिकेट भने टन्नैको यहाँ
धाउनु पर्या छ एउटा नाथे जागीरको लागी
एयरपोर्टमा departure को ट्राफिक जाम छ
छाड्नु पर्या छ देश आफ्नु घरबार त्यागी
मुला! बोली भने सबको मिठो
भित्रबाट कुन्नि कस्तो
गाह्रो भयो ज्युन हामीलाई
यहाँ पैसो भन्दा माया सस्तो
एकचोटि फेरी
बोली भने सबको मिठो
भित्रबाट कुन्नि कस्तो
गाह्रो भयो ज्युन हामीलाई
यहाँ पैसो भन्दा माया सस्तो
साह्रै भाग्यमानी हामी यता जन्मियौं
चारैतिर हरियाली बोट अनेकौ
तै नि दौडेकोछौं हतारमा
आफ्नै आफ्नै रफ्तारमा
बनाउन छाडि बन्यातिरै लम्कियौं
हामी गर्ने होला के यहाँ बसेर पनि
बिदेश जाउँ न काम अनुसार कमाइ त छ नि
दोष कसलाई दिने यहाँ सरकार कि आफुलाई
राष्ट्र छ गरिब तर मान्छे चाहिँ धनी
आखिर कसरी? चल्ने होला किनकि
कसैलाई मस्ति छ कसैको संघर्ष दैनिकी
साला दिनभरि घोटियो बजारमा जोत्तियो
पुग्दैन ढेवा अनि आफै बन्धकी
फेरी देखनउनै पर्ने हामी नेपालीको जातलाई
जसरी नी चाहियो दामी यसपालीको चाडलाई
कोटप्यान्ट ढल्कियो, फोकटमा मस्कियो
हाकिमको गाली तल गार्डसँग सकियो
हेर आफु त गाइने
सिक्दैछु तै नि सबैलाई दामी नै चाहिने
आजकालको जमानमा के भाको दाजु लौन
माया र गाली पनि कमेन्टमै पाइने
हस् त गएँ म, सबैको जय होस्
मस्त भएर मोटाउनु है दोस्त
समाजको कुराकानी रैछ लास्टै गहिरो
तल लोभको बाढी, माथि लालचको पहिरो
बोली भने सबको मिठो
भित्रबाट कुन्नि कस्तो
गाह्रो भयो ज्युन हामीलाई
यहाँ पैसो भन्दा माया सस्तो
एकचोटि फेरी
बोली भने सबको मिठो
भित्रबाट कुन्नि कस्तो
गाह्रो भयो ज्युन हामीलाई
यहाँ पैसो भन्दा माया सस्तो
إرسال تعليق