क्यालकुलेटर(Calculator)

गीत:- क्यालकुलेटर

स्वर:- शंकर थापा, बिजयता अधिकारी

शब्द:- डिपी खनाल

रचना:- बिश्वा अधिकारी

रेकर्डिस्ट:- कुमार केसी

मिक्स/मास्टरिङ:- अशोक महर्जन
Love Letter मै माया पोख्थे पहिले पहिले त
(पहिले पहिले त), (पहिले पहिले त)
माया पोख्ने तरिका फरक भो अहिले त
(अहिले त), (अहिले त)
हे Love Letter मै माया पोख्थे पहिले पहिले त
माया पोख्ने तरिका फरक भो अहिले त
Modern यो जमानाको पारा यो बेग्लै छ
त्यै पनि आजसम्म यो ज्यान एक्लै छ
एक्लै छ यो ज्यान
बुझ्नेलाइ मेरो माया far better छ
नबुझ्नेलाइ जोड घटाउ क्यालकुलेटर छ
हे बुझ्नेलाइ मेरो माया far better छ
नबुझ्नेलाइ जोड घटाउ क्यालकुलेटर छ
(क्यालकुलेटर छ)
(होइ क्यालकुलेटर छ)
(होइ क्यालकुलेटर छ)
(होइ क्यालकुलेटर छ)

मैले हेरेकीले मलाई हेर्दै हेरिन
जस्लाई मन पराएँ उस्ले चाँहि टेर्दै टेरिन
(टेर्दै टेरिन)
(होइ टेर्दै टेरिन)
हो मैले हेरेकीले मलाई हेर्दै हेरिन
जस्लाई मन पराएँ उस्ले टेर्दै टेरिन
जति पापड बेलेनी जोड चलेन
जति फकाए नि दाल गलेन
होइ बुझ्नेलाइ मेरो माया far better छ
नबुझ्नेलाइ जोड घटाउ क्यालकुलेटर छ
हे बुझ्नेलाइ मेरो माया far better छ
नबुझ्नेलाइ जोड घटाउ क्यालकुलेटर छ
(क्यालकुलेटर छ)
(होइ क्यालकुलेटर छ)
(होइ क्यालकुलेटर छ)
(होइ क्यालकुलेटर छ)



(Love letter, love letter
मेरो माया भाग्दैन, भाग्दैन, भाग्दैन)

मैले केही गर्दा नि त्यो दिल छुनै सकिन
अरु जस्तो म त टिपटप हुनै सकिन
(हुनै सकिन), (हो हुनै म सकिन)
ए मैले केही गर्दा नि त्यो दिल छुनै सकिन
अरु जस्तो म त टिपटप हुनै सकिन
त्यो मनमा मेरो माया चल्दै चलेन
पिरती green signal बल्दै बलेन
बुझ्नेलाइ मेरो माया far better छ
नबुझ्नेलाइ जोड घटाउ क्यालकुलेटर छ
हे बुझ्नेलाइ मेरो माया far better छ
नबुझ्नेलाइ जोड घटाउ क्यालकुलेटर छ
(क्यालकुलेटर छ)
(होइ क्यालकुलेटर छ)
(होइ क्यालकुलेटर छ)
(होइ क्यालकुलेटर छ)

जोड घटाउ गुणा भागा क्यालकुलेटर
मेरो माया तिम्रा लागी far better
(जोड घटाउ गुणा भागा क्यालकुलेटर
मेरो माया तिम्रा लागी far better)

Post a Comment

أحدث أقدم