पिडालु (Pidalu)

Song:- पिंडालु Pidalu
Vocal:- Tejash Regmi & Bishnu Majhi
Chorus:- Babu Krishna Pariyar, Sunil Pariyar, Bandana Pandey & Saya Bhandari
Lyrics:- Tejash Regmi
Music:- Tejash Regmi
Arranger:- Ashish Aviral
Recordist:- Aakash Gautam
Studio:- Raag 
Mixing / Mastering:- HBN Kismat
Audio/video:- Eenakshi Entertainment
हिँउ पग्लेर पानी बन्यो, पानी बगे खोली
हिँउ पग्लेर पानी बन्यो, पानी बगे खोली
कस्लाइ के था जिन्दगानी आज हो कि भोली
अोए पिँडालु
ओए पिँडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस् गर सानु बैमानी बैंशले झुक्याउला
पिँडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला

बैमानी बैंशले झुक्याउला

बनको काफल खाने चरी बनकै गीत गाउँछ
बनको काफल खाने चरी बनकै गीत गाउँछ
हो ढिलोचाँडो एकदिन पालो जस्को पनि आउँछ
अोए पिँडालु
ओए पिँडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस् गर सानु बैमानी बैंशले झुक्याउला
पिँडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस् गर सानु बैमानी बैंशले झुक्याउला
बैमानी बैंशले झुक्याउला

छ्याप्प काटी लाँकुरीको बनाम कुटे लौरी
छ्याप्प काटी लाँकुरीको बनाम कुटे लौरी
घरमा रानो नभएसी भौतारिन्छ मौरी
अोए पिँडालु
ओए पिँडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस् गर सानु बैमानी बैंशले झुक्याउला
पिँडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस् गर सानु बैमानी बैंशले झुक्याउला
बैमानी बैंशले झुक्याउला

हाँगा काटे लौरी हुन्छ रुखै काटेमा दार
हाँगा काटे लौरी हुन्छ रुखै काटेमा दार
ओए साँच्चै तिम्रो साथ पाएमा खाने छैन हार
अोए पिँडालु
ओए पिँडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस् गर सानु बैमानी बैंशले झुक्याउला
पिँडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस् गर सानु बैमानी बैंशले झुक्याउला
बैमानी बैंशले झुक्याउला

सुन हुनेले सुन लाउने हो नहुनेले चाँदी
सुन हुनेले सुन लाउने हो नहुनेले चाँदी
सुख पर्दा सम्झिए पो दुख आदि आदि
अोए पिँडालु
ओए पिँडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस् गर सानु बैमानी बैंशले झुक्याउला
पिँडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस् गर सानु बैमानी बैंशले झुक्याउला
बैमानी बैंशले झुक्याउला

पिरचिन्ताले मन खान्छ काठकिराले काठ
पिरचिन्ताले मन खान्छ काठकिराले काठ
के काम लाग्यो निद हराएसी सुनैसुनको खाट
अोए पिँडालु
ओए पिँडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस् गर सानु बैमानी बैंशले झुक्याउला
पिँडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस् गर सानु बैमानी बैंशले झुक्याउला
बैमानी बैंशले झुक्याउला

बेटरीको शक्ति छ र लाइट बल्छ झल्ल
बेटरीको शक्ति छ र लाइट बल्छ झल्ल
बैंश के हो माया के हो बुझ्न पाएँ बल्ल
अोए पिँडालु
ओए पिँडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस् गर सानु बैमानी बैंशले झुक्याउला
पिँडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस् गर सानु बैमानी बैंशले झुक्याउला
बैमानी बैंशले झुक्याउला

दुई माना दुध तिन माना भो पानी मौलीमौली
दुई माना दुध तिन माना भो पानी मौलीमौली
थुक निलेर टुलुटुलु हेर्न बाध्य हौली
अोए पिँडालु
ओए पिँडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस् गर सानु बैमानी बैंशले झुक्याउला
पिँडालु खुर्केर काट त्यतिकै बोक्राले कोक्याउला
बेलैमा होस् गर सानु बैमानी बैंशले झुक्याउला
बैमानी बैंशले झुक्याउला

Post a Comment

أحدث أقدم