स्वर/संगीत:- टंक बुढाथोकी
शब्द:- सर्बेन्द्र अधिकारी
किन हेर्यौ,
किन हेर्यौ फर्किएर आउने आशा छ कि
धुजाधुजा भाको मुटु,
धुजाधुजा भाको मुटु छर्ने आशा छ कि
छर्ने आशा छ कि
छर्ने आशा छ कि
छर्ने आशा छ कि
कस्तो माया चाह्यौ सायद बुझिन मैले
जेजे थियो सुम्पे तिम्लाई पुग्यो र कैले
कस्तो माया चाह्यौ सायद बुझिन मैले
जेजे थियो सुम्पे तिम्लाई पुग्यो र कैले
नाटक गर्दै, रङ्गमञ्च बदल्दै
नाटक गर्दै रङ्गमञ्च बदल्दै
फेरि लुट्ने आशा छ कि
फेरि लुट्ने आशा छ कि
फेरि लुट्ने आशा छ कि
खेल खेलको तिम्ले सायद बुझिन मैले
झेल गर्यौ सधैँ तर बाजी जित्यौ कैले
खेल खेलको तिम्ले सायद बुझिन मैले
झेल गर्यौ सधैँ तर बाजी जित्यौ कैले
माया छर्दै, मौका हेर्दै
माया छर्दै, मौका हेर्दै
छुरा रोप्ने, आशा छ कि
छुरा रोप्ने, आशा छ कि
छुरा रोप्ने, आशा छ कि
किन हेर्यौ फर्किएर आउने आशा छ कि
धुजाधुजा भाको मुटु,
धुजाधुजा भाको मुटु छर्ने आशा छ कि
छर्ने आशा छ कि
छर्ने आशा छ कि
छर्ने आशा छ कि
إرسال تعليق