नेपाली संस्कृति | | Essay on Nepalese Culture in Nepali | essay on nepalese culture
नेपाल हिमाल, पहाड र तराईको विविधताले भरिएको सुन्दर बगैँचा हो। बगैँचामा रङ्गीबिरङ्गी फूलहरू रहे झैँ यहाँ धेरै जात जाति छन्। यहाँ रङ्गीबिरङ्गी चरा चुरुङ्गीहरूका मीठा गीत जस्तै धेरै किसिमका भाषा छन्। अनेकौँ मठ, मन्दिर, गुम्बा, मस्जिद र गिर्जाघर छन्। यहाँ अनेकौँ चाडपर्व, रीति रिवाज र प्रचलनहरू छन्। अनेकौँ मुहानबाट निस्केका पवित्र नदि जस्तै यहाँ अनेकौँ परम्परा र मान्यता छन्। नेपाल विभिन्न जातिहरूको संगम स्थल पनि हो। यसलाई विभिन्न जातका फुलको साझा फूलबारी पनि भनिन्छ। यहाँका यीनै विविधतामा समाजको जगमा नेपाली संस्कृति समाजको असल व्यवहार, मान्यता र भावना एउटै स्वरूप हो। सयभित्र तमाम जात जाति, भाषा भाषी र धर्मावलम्बीहरुका विचार र भवनका मिलेका छन्।
रङ्गै रङ्गको सुन्दर सृष्टि इन्द्राणी हो। त्यसै गरी विविध जाति, वेश र परम्परा उपज नेपाली संस्कृति हो। इन्द्राणीका हरेक रङ्गका अलगै परिचय र विशेषता हुन्छ। तर पनि तिनिहरूको समन्वित एकता ती सबैलाई सजाउने नयाँ सिर्जना बनेको हुन्छ।
नेपालमा अनेक जाति र तिनका भाषा, वेश र परम्परा छन्। ती सबैका साझा मान्यतासँगै बाचौं र हासौँ भन्ने हो। त्यसैले विविधता बीच सय थरी बाजाबाट पैदा हुने एउटा मनोहर तालसँग पनि तुलना गरिन्छ। जसरी सनही, झुर्मा, मादल, ढोलक आदिबाट कुनै मनोरम तल निस्किन्छ, त्यसरी नै हामीबाट नेपाली संस्कृति जन्मन्छ। यो संस्कृति विकासको एउटै लक्ष्यमा लम्केको करोडौँ नेपालीको एकता अभियान छ।
वास्तवमा नेपाली संस्कृति रङ्गीबिरङ्गी फूलहरूले भरिएको फूलबारीको सौन्दर्य हो। फूलबारीमा सयपत्री, गुलाफ, कमल, कमल,बेली, चमेली, जाई,जुही आदि हुन्छन्। फूलबारीलाई सयपत्रीले मात्र सुन्दर बनाएको होइन र चमेलीले मात्र चम्केको पनि होइन। त्यो फूलबारी सजाउन सबै किसिमका फुलको साझा सहयोग छ। त्यस्तै नेपाली संस्कृति सबै नेपालको समुन्नति चाहने साझा भावना हो। यो भावना पारस्परिक ‘जिउँदको जन्ती र मार्दाको मलामी’ उखान सार्थक भएको छ।
मैत्री, करुणा र क्षमा नेपाली संस्कृतिका मूल मन्त्र हुन्। हाम्रो समाजमा ‘गाँस छोड्नु,साथ नछोड्नू’ उखान ज्यादै लोकप्रिय छ। हामी कसैलाई पराइ ठान्दैनौ। सबैलाई आफन्त नै ठान्छौ। हामी धर्मका नाममा कुनै झगडा ठान्दैनौ। यहाँ मन्दिरले मस्जिदको रिस गर्दैन भने गुम्बाले गिर्जाघरलाई गाली गर्दैन। यहाँ हिन्दू, बौद्धिक, मुस्लिम, क्रिश्चियन जे भए पनि हामी आपसमा हातेमालो गर्दैनौ। यति मात्र होइन, हामी पशु पन्छीमाथि दया र अपार माया पनि गर्छौं। हामी हाम्रो चाडपर्वमा काग, कुकुर, गाई, गोरु आदिलाई सम्मान गर्छौं। हामी वृक्ष वनस्पतिलाई पनि उनीहरूको उपकार सम्झी श्रद्धा गर्छौं। हामी तुलसी, वर, पीपल आदिलाई पूजा गर्छौं। हामी सबैका चाडपर्व एक अर्कामा शुभ कामना व्यक्त गर्छौं। हामी बद्ध पूर्णिमा, तीज, दशे, तिहार, छठ हर्षोल्लासका साथ मनाउँछौ। सबैले सबैको धर्मलाई सम्मान गर्छौं।
नेपाली संस्कृतिमा केही विकृतिहरू पनि रहेको छ। अहिले नेपाली संस्कृति यस्ता कुप्रथाबाट मुक्त हुँदै गएको छ। गरिब र असहायलाई हेप्ने, नोकर बनाउने सामन्तवादी सोचबाट मुक्त भएको छैन। अझै हाम्रो समाजमा हाम्रो राम्रो परम्परा र संस्कृतिलाई भुलेर पराइको संस्कृतिलाई आँखा चिम्लेर पचाउने केही छन्। नेपाली संस्कृतिलाई यस्तो विकृतिबाट मुक्त पार्न नेपाली समाजमा जागरण पैदा गर्नुपर्छ। त्यसो भएमा नेपाली संस्कृति सदैव निर्मल र अनुकरणीय बन्ने छ।

إرسال تعليق