Jau Ki Basu Sabin Rai Lyrics

Jau Ki Basu Sabin Rai Lyrics

माया तिमीले कहिले गरे जस्तै मलाई लाग्दैन 
खाली दोश दिदैं आयौ मलाई किन हो कहिले बुझिन 
जस्तो आपत्ति आए पनि हामी माझ सँगै हुन्छु म भन्थ्यौ पहिले 
कहाँ गयो त्यो तिम्रो जाँगर कहाँ सुक्यो मायाको सागर 
जाऊँ कि बसुँ किन कि अझै लाग्छ माया तिम्रो मलाई 
रुवाउँ कि हाँसौं कसो गरुँ अब म 
(तिमी नै भन न...)४ 

प्राय सँगै हुन्थ्यौ त्यस्तो कुनै संकोच थिएन 
बिस्तारै परिवर्तन देखायौ किन हो कहिले बुझिन 
कहिलेकाहिं यसो म सम्झन्छु कति सजिलो छ बिर्स भन्नु 
सम्झेर त हेर एक चोटि तिमी कति गार्‍हो छ बिर्सनु 
जाऊँ कि बसुँ किन कि अझै लाग्छ माया तिम्रो मलाई 
रुवाउँ कि हाँसौं कसो गरुँ अब म 
(तिमी नै भन न...)४ 

चाहेको थिएँ तिमीलाई ह्रिदय देखि तिमी साथ थियौ खुशी थियौ 
जिन्दगी सफल थियो कहाँ गल्ति भो 
जाऊँ कि बसुँ किन कि अझै लाग्छ माया तिम्रो मलाई 
रुवाउँ कि हाँसौँ कसो गरुँ अब म 
(तिमी नै भन न...)४ 
माया तिमीले कहिले गरे जस्तै मलाई लाग्दैन....

Post a Comment

أحدث أقدم