धेरै बाँचि राख्नु, नयाँ बर्षकाे शुभकामना
माया साँचि राख्नु, नयाँ बर्षकाे शुभकामना।
संसार नै उज्यालाे देखिन्छ तिमी हाँस्दा खेरी
त्यस्तै हाँसि राख्नु, नयाँ बर्षकाे शुभकामना।
साथ कहिल्यै नछाेड्ने खाएर वाचा कसम
वाचा बाँकी राख्नु, नयाँ बर्षकाे शुभकामना।
सुख चयन कायम हाेस् यही मेराे चाहना
देवी भाकी राख्नु, नयाँ बर्षकाे शुभकामना।
إرسال تعليق