जीवनको गल्ती… :-साइमोन ठाडा मगर

तिम्रो माया सजाएर गल्ती गरेको छु
कैले माया फिजाएर गल्ती गरेको छु।

पत्तै पाउँदिनथ्थे तिमी रिसाएको
नतर्किदै फकाएर गल्ती गरेको छु।

जोडी माथि भगवानले बनाउछन् रे
आफैं जोडी बनाएर गल्ती गरेको छु।

भन्नु पर्थ्यो मैले पहिले नै तिमीलाई
सारा कुरा दबाएर गल्ती गरेको छु।

Post a Comment

أحدث أقدم