बनावटी चाहना होइन यो,नरिसाउ प्रिय

१. गजल
बनावटी चाहना होइन यो,नरिसाउ प्रिय । 
तिम्रो जीवन मात्र मेरो,अन्त नबिसाउ प्रिय ।।  

नतमष्तक भै सधैंभरी तिमीलाई नै चाहेको छु 
ख्याल सम्झी मलाई तिमी नगिज्याउ प्रिय ।

चरित्र आफ्नो ख्याल गरी अघि बढ्नु सधैं
इज्जत लिलाम हुने गरी अरुलाई,नरिझाउ प्रिय।

चाहना मनका यति धेरै तिमीलाई मात्र पाउने 
दिल खोलेर पोख भाव,नलजाउ प्रिय। 

ईशारा र सुस्केराले तिमीसँग कुरा गर्छु 
म नै लज्जित हुने गरी नचिच्याउ प्रिय। 
लालु क्षेत्री "कोकिल"
शुक्रनगर-३,चितवन


२. गजल
तिमी छ्यौ र त म मा आस्थाको एउटा फूल छ। 
हामी छौ वारिपारि बिचमा एउटा पुल छ ।

अल्पमतमा सँधै परिरहन्छु म आजभोलि 
यो तन अन्तै भएपनि,मन तिमीमा डुल्छ । 

चिनी पानीमा बिलाए सरी हराउँछु म तिमीभित्र 
त्यसैले त हाम्रो मायाँ एक आपसमा घुल्छ । 

त्यो चम्किलो मुहार मात्र देख्न पाउँ सँधै 
आवाज मात्र देउ तिमी दिलको ढोका खुल्छ । 

जे चाह्यो त्यसलाई पाउने घमण्ड छ म मा 
नपाए अरुको हुन नदिने यो "कोकिल"को वसुल(बानी) छ।

Post a Comment

أحدث أقدم