स्कुल जान मनलाग्यो | Nepali Article | Nepali poem about school | poem about my school
![]() |
Poem about my school | Nepali poem about school |
अचानकै पुरानो याद ताजाभई आयो
फेरी मलाई स्कुलजान मन लाग्यो,
फेरी सेतो शर्ट, निलो प्यान्ट
कालो जुत्ता र टाईलगाई ,
खाता चेपि हिड्नमन लाग्यो ,
अचानकै फेरी मलाईस्कुल जानमन लाग्यो ||
त्यै बिहानको घण्टी, साथीभाईको जमघट
घचेटा घचेट रफेरी एसेम्बली ,
त्यै 'प्रभु तिमी' प्रार्थनार 'जन-गण'
सुर मा सुरमिलाई गाउने इच्छाजाग्यो ,
किन हौ आजमलाई स्कुल जान पोमन लाग्यो ||
छड्के आँखाले उसलाई चियाउदैहेर्दै
कागजको डल्लाले फेरी हिर्काउदै,
कहिले उसले लजाउदैपुलुक्कै हेर्दा को आनन्द
आज फेरी गुटमुटीएरआयो ,
अचानकै फेरी मलाईस्कुल जान मनलाग्यो ||
टिचर नआउदा टेबल ठटाई गीतगाएको
कागजको हावा जहाजबनाई उडाको ,
कुनै एउटा साथीकोसबै मिलि खिल्लीगरेको
सबै पलहरु हुरी जस्तोबनि फर्की आयो,
किन हौ आजमलाई स्कुल जान पोमन लाग्यो ||
बुकको सिरानी लगाई सुतेको,
घरि घरि हावाखानु टोइलेट धाएको,
त्यो डेस्कमा अनेक थरिकोरेको
साथी भाईको देखि होमेवोर्क चोरेको ,
त्यो ब्यर्थको डर, त्योवास्तविक खुशी
त्योOriginal हाँसो ,
आज फेरी बाँचेरहेर्ने इच्छा जाग्यो
अचानकै फेरी मलाईस्कुल जानमन लाग्यो ||
कहिले छुट्टिको घण्टी लाग्छभन्ने त्यो उथुल-पुथुल ,
प्लिक प्लिके(Digital) घडी माआँखा ,
भोकले कराई रहेकोभुड़ी ,
टंग-टंग गर्दाकोत्यो रमनय अनुभूति,
ओहो, सब्दले कहाँ हुन्छर बर्णन ?
त्यो त बाँचेरहेर्दा मात्रै थाहा हुन्छ,
मलाई फेरी त्योदुनियामा फर्किन मन लाग्यो
किन हौ आजमलाई स्कुल जान पोमन लाग्यो ||
Card board बोकिexam गर्नु गएको
सबैQuestion फेरि जानेकै आएको,
त्यो हरियो चौरमा बसिगफ हाँकेको ,
छेउ-छाउ केटि देखे फेरिअलिक Over-smart भाको ,
दुइ पन्ना को Love letter लेखिपठाको ,
साथमा एउटा Dairy Milk पनि हालेको,
त्योFriendship को कार्ड, Birthday को कार्डपाउँदा को खुशी
आज को SMS र Friend Request माकहाँ छ र?
मलाई [त्यो] पुरानो दिनफेरि बाँच्ने रहरजाग्यो
अचानकै फेरी मलाईस्कुल जानमन लाग्यो ||
फेरि सुन्दा त,
नेपाली पड़ाउने गणेश सर पनिखस्नु भएछ ,
Civics पड़ाउनेडी. बी. सरपनि ,
फेरि सी. पी. सरको त ट्रान्सफरभयो रे
अरु-अरु गुरु-गुरुमाको पनि ,
पन्त सर तरीटायर भई सक्नुभएछ
हिन्दीको निरा मेमपनि ,
अब त स्कुलपुरै नँया भईसकेछ ,
घन्टी लाउने प्रेम दाजुपनिबुड़ो भई सकेछ,
हामीले पर्यावरण दिवसमा रोपेकोरुख
कति ठुलो भएछ,
त्यो सँगै बेन्चमाबस्ने साथी
दुइटा नानीको बाऊ भएछ,
कोइ गाडीको मालिक भएछ,
कसैले बिल्डिंग ठराई सकेछ,
कसै ड्रग्स चेपि आँखारातो बनाई
नाचिने झैँ गरिहिडी रहेछ
कसै पुलिस भए, कसैIRB भएछ
सबै आफ्नो-आफ्नो लगानीमालागेछ ||
कसैमा त्यो पुरानोसाथी देख्दिन म
समय सँगै सबैपरिवर्तन भई सकेछ,
एसो हेर्दा त म पनि निकैबदलिएछु
दाह्री-जुँगा फुल्न लागेछ,
तर जे-होसमलाई त्यहि पुरानोसाथी-भाई भेट्नेइच्छा जाग्यो ,
मलाई फेरी एकपल्टस्कुल जान मनलाग्यो
मलाई फेरी एकपल्टस्कुल जान मनलाग्यो ||
Did u like Nepali poem about school | poem about my school ?
إرسال تعليق