nepali gajal sansar

                                                     बन्द गर गोलीहरु 


                                  कति मार्छौ नेपालीले नेपालीलाई अब 
                                   मान्छे भन्दा  बढी भए  नेपालीका शव 
                                   जो मरे पनि नेपाली हो  नेपालीको छोरा 
                                  कति भए  विधवा  त कति छन्  टुहुरा 
मर्ने बरु मारी जान्छ  बच्नेलाई छ  पीर 
यो चालले नेपालको  हुन्न ठाडो  शिर 
भाई मर्दा  दाजु हस्छ  दाजु मरे भाई 
खै  यस्तो कस्तो जीत हो मारी दाजुभाई 

मर्ने आखिर गरीव नै हुन् जसले जसलाई मारे पनि
कसको जीत भन्नु र खै जो सुकै ले हारे पनि 
भाई भाई बिचको लडाई अन्त्य भै गयहुन्थ्यो  
सन्तान  हामी बुद्धकै हौ  सबै बुद्ध  भए हुन्थ्यो 



साँढे हरु  लडेका छन् बाच्छा बाच्छी मेची भयो 
पीडकहरु लुकेकै छन् पीडित माथि थीचाई भयो
अस्तित्यो नै  मेटिने भो  अब युद्ध बन्द गर 
देशकै घाँटी रेतिने भो अब पाइला मन्द गर 

एक भाईले अर्को मारी  केको नाम कमाउछौ 
यौटा मर्दा अर्को कीन  व्यथि रमाउछौ 
समुद्र पारीका गीद्धहरु नेपाल लुछ्न तम्सिदैछां 
भाई -भाइको लडाईं देखि फाइदा लुट्न लकिदैछन् 

केका लागि कसका लागि तिमीहरु लडेकाछौ 
घमण्डले उन्माद भै व्यर्थै  माथि चढेका छौ 
साधु सन्त  मरेका छन् जिउँदा लास बचेका छन् 
जनता भेडा बनाई साँढेहरु हासेका छन् 

अति नै भो तिम्रो लडाई  बन्द गर गोलीहरु 
अझै कति बगाउछौ र रगतका खोलिहरु 


प्रयाश माषिकको  आयोजनामा  दिव्तीय भयको कविता 

Post a Comment

أحدث أقدم