janatalai aahwan

                                                                           कविता 

                                               
                                                               जनतालाई आह्वान  


गरीवहरु खान नपाई भोक प्यास ले तद्पिदै छन् 
गरिवका गौबस्तिमा बमगोला पद्किदै छन् 
सुकुम्बासीका बस्तिहरुमा दन्दन आगो दन्किदै छ 
दुस्टहरु सुरक्षित छन् सज्जन जेलमा तद्पिदै छ 

अझै किन सत्ताधारी कुर्सीबाट कुर्लिदैछन् 
शान्तिवार्ता गर्छौ भन्छन रक्त नदि उर्लिदै छन् 

मर्ने आखिर गरीवनै  हुन् सैनिक होस् या माओवादी 
जो मरे पनि नेपाली हो राजा होस् या संसदवादी 
कोहि मरिन्छ गोलि हानी कोहीका रेटीन्छ घाँटीहरु 
जतासुकै रक्ताम्य छन् बुद्ध मार्गिका पाटीहरु 

कोहो निर्दोष कोहो साधु मरेपछि भन्छन दोषी 
मुला फुटे रगतका बढेका छन् काली कोशी 
इतिहासका लासहरु मंच बाट कुर्लिदै छन् 
शान्ति भुमि नेपालमा रक्त नदीउर्लिदै छन् 

सोह्र वर्षे युवतीको सिन्दुर यहाँ  पुछियछ
रुन्छन कति पति वियोगमा कतिको अस्मिता लुटीयछ 
कति नारी लास परे कति जेलमा कुटीयछ 

अझै किन नर भक्षी कुर्सि बाट कुर्लिदै छन् 
आज भन्दा भोलि बढीरक्त नदी उर्लिदै छन् 

जनता मरे देशैसके भ्रष्टाचारी शासकले 
विकास होइन बिनाश गर्छन दुस्ट पापी नासकले
अब हामी उठ्नु पर्यो हाम्रो देश  मेटिने भो 
हामी निर्दोष जनताको अझै घाँटी रेटिने भो 

आफ्नो स्वार्थ पर सारी देशको लागि उठ्नु पर्यो 
तन ,मन,बचनले देश बचाउन  जुट्नु पर्यो 
रातो रगत तातो बने अब अघि बढ्नु  पर्छ 
आन्दोलन मा आँधी बनी सगरमाथा चढ्नु पर्छ 


पुरस्कृत कविता  -दोश्रो स्थान 


Post a Comment

أحدث أقدم