जीवन | ghazal about life

जीवन | ghazal about life

संघर्ष हो मानब जीवन
संघर्ष गर्दै जिउनु पर्छ 
लक्ष छोड्नु हुन्न कोहि 
परे विष पिउनु    पर्छ 

काँडा बीचको फूल हो जीवन 
वासना  छर्दै     जानु      पर्छ 
सके सम्म संसार लाई नै 
सुगन्धित पार्दै लानु पर्छ 


                
जीवन यौटा यात्रा नै हो 
निर्भिक भै पुरा गर्नु पर्छ 
सगर बिछ्को जहाज हो 
होशियार भै    तर्नु पर्छ 


गहिराई अनि उचाई हो जीवन 
दुवै    छेउ        भेट्नु      पर्छ 
चाह भोक तृष्णा   हो  जीवन 
सबै    कुरा       मेट्नु     पर्छ

जीवन  यौटा रसको घडा  हो 
रस पान  हामी   गर्नु    पर्छ 
धर्म    कर्म   कर्तव्य    हो   
सबै    पुरा  गर्नु    पर्छ 

प्रकृतिको बरदान हो जीवन 
सदुपयोग          गर्नु    पर्छ 
जीवन यौटा यथार्थ  हो 
यथार्थमा झर्नु पर्छ 


भोग्नु पर्छ जस्तो पनि 
जीवन यौटा भोगाई हो 
गर्नु पर्छ जस्तो पनि 
जीवन यौटा गराई हो 

जाने जीवन अप्राप्य छ 
सके नाम राख्नु पर्छ 
नजाने जीवन तड्पाई हो 
तड्पी तड्पी काट्नु पर्छ 

जीवन दुइ दिने पाहुना हो 
सुरक्षित बास बस्नु पर्छ 
समस्याको जन्जिरमा 
धेरै पटक फस्नु पर्छ 

आफ्नो मात्र होइन जीवन 
अरु लाई पनि साच्नु पर्छ 
जीवन यौटा रंगमंच हो 
रमाई रमाई नाच्नु पर्छ 

जीवन कालको  बन्दगी हो 
आखिर मरी जानु पर्छ   
त्यसैलेतजिन्दगीमा 
पच्ने मात्र खानु पर्छ 

किनकि जीवन नदि हो 
सागर नभेट्दै सुक्न सक्छ 
जीवन अनिश्चित यात्रा हो 
तृष्णा नामेत्दै लुक्न सक्छ 


यो कविता धौलागिरी एफ.एम.मा 
सर्वोत्कृष्ट भै पुरस्कार जितेको 
सिर्जना हो /

Post a Comment

أحدث أقدم