Nepali Poem Collection : Best Nepali Poem नेपाली कविताको सङ्ग्रह

Nepali Poems collection - नमस्कार मित्रहरु हाम्रो नयाँ पोस्ट मा स्वागत , यस पोष्टमा तपाईले नयाँ Best Nepali Poem पाउनुहुनेछ । यदि तपाईं इन्टरनेटमा खोजी गर्नुहुन्छ Nepali Poems  वा नेपाली कविताको सङ्ग्रह खोजी गर्नुहुन्छ भने तपाईं कुनै खास व्यक्तिलाई पठाउनु चाहानुहुन्छ । हाम्रो यो पोष्टमा, तपाईं त्यस्तै Nepali Poems Facebook (फेसबुक), Whatsapp (व्हाट्सएप), Twitter, Instagram वा कुनै पनि सामाजिक मिडिया साइटमा (Social Media Sites) अपलोड गर्न सक्नुहुन्छ । साथीहरु, यदि तपाइँ हाम्रो Nepali Poems Collection | नेपाली कविताको सङ्ग्रह मनपराउँनुहुन्छ भने, यो तपाइँको साथीहरु संग पनि साझा (Share) गर्नुहोस् ।

नेपाली कविताको सङ्ग्रह | Nepali poem Collection

nepali-poem-collection-best-nepali-poem
Nepali Poems

1. भ्रस्टाचार | Nepali Poem on Corruption

जताततै चलेको छ भ्रष्टाचारको हल्ला 
यस्तै चले देशको विकास खै कस्ले पो गर्ला
नेताहरु घुस खाई जन्तालाई रुवाउँछन्
आफ्ना बालबच्चालाई भने मिठोमिठो खुवाउँछन्

को हुन् आखिर भ्रष्टाचारी भनी यहाँ चिनिने
देशको माया त्यागी जो हुन् पैसामा नै किनिने
शान्तिका दूत गौतम बुद्ध ह‍िँडे जुन बाटाेमा 
भ्रष्टाचारको बिऊ छरियो आज त्यै माटाेमा



जन्ता पनि कति सोझा नेताबाटै मिचिएका

कालो धन र कालो मनको अन्धकारमा थिचिएका

हात मुख जोड्नै गाह्रो पर्ने कस्तो आयो दिन 
आइज हे काल छिटाे आइज ती पापीलाई लिन ॥

2. आमा | nepali kabita aama

धर्तीमा कदम टेकायौ आमा
जन्मायौ,बाटो देखायौ आमा

घुक्क घुक्क म रुदाँ खेरी
काखैमा राखी फकायौ आमा
पिडा र मर्म सहेर आफैले
आंधी र हुरी छेकायौ आमा

ठुलो मान्छे बनाउन मलाई
पढायौ अनि लेखायौ आमा

सपना बोकी म प्रदेश लागे
तिमीलाई हिजो के भयो

फर्केर आउँदैछु म तिम्रो छोरा 
भन्दा भन्दै किन आमा

आज टुहुरो बनाइ गयौ आमा
दश धारा दुधको रिन तिर्न सकिन आमा

3. आमाको उपदेश | nepali kabita aama | aama (आमा),माँ,नेपाली,कविता

पैसाको निम्ति नजाउ पर मातृ नै छोडेर ।
अशक्त हुँदा को होला हेर्ने माया नै गरेर ।।
परदेश गई के नै पो होला स्वदेश गुमाई ।
फर्क हे प्यारा आमाको विन्ति बसौँला रमाई ।।
मनुष्य चोला पाएर तिमी खुशी हौ जहिले ।
यो चोला खोजी पाउने छैनौ तिमीले कहिले ।।
सन्तान खुशी राखौँला भन्ने मातृको रहर ।।
नतीजा पनि असल ल्याई बने है अमर ।
मातृको मुहार हँसिलो पार्दै तिमी नै रमाए ।
जीउन निम्ति चाहिने मात्र सम्पत्ति कमाए ।।
मातृको सेवा गरेर पनि धन र सम्पत्ति ।
धनको निम्ति कल्यिै पनि नल्याए विपत्ति ।।
वात्सल्य माया पाउँदा पनि काँ जान्छौ छोडेर ।
असल कीर्ति दिए है तिमी त्यो बाटो मोडेर ।।
अक्षम सेवा गरे है तिमी सक्षम बनेर ।
माटो मै आयौँ माटो मै जाने माटो मै मिलेर ।।

4. यात्री | short nepali poems for students


कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पुजा गर्ने
साथ कसोरी लाने हो ?
मानिसहरूका काँध चढी
कुन देवपुरीमा जाने हो ?

हाडहरूका सुन्दर खम्बा
मांस पिण्डका दिवार ।
मस्तिस्कको यो सुनको छाना
इन्द्रियहरुका द्वार !
नसा-नदिका तरल तरङ्ग,
मन्दिर आफू अपार ।

कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरको द्वार ?
मनको सुन्दर सिंहासनमा
जगदिश्वरको राज ।
चेतनको यो ज्योति हिरण्य,
उसको शिरको ताज ।

शरिरको यो सुन्दर मन्दिर,
विश्वक्षेत्रको माझ ।
भित्र छ ईश्वर बाहिर आँखा
खोजि हिंडछौ कुन पुर ?
ईश्वर बस्तछ गहिराइमा,
सतह बहन्छौ कति दूर ?

खोजी गर्छौ ? हृदय उगाऊ,
बत्ति बाली तेज प्रचुर 
साथी यात्री बीच सडकमा,
ईश्वर हिंडछ साथ
चुम्दछ ईश्वर काम सुनौला
गरीरहेको हात

छुन्छ तिलस्मी करले उसले,
सेवकहरूको माथ ।
सडक किनारा गाउँछ ईश्वर
चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको
पीडा, दु:खको गानामा

दर्शन किन्तु कहीं दिंदैन,
चर्म-चक्षुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री,
कुन नवदेश बिरानामा ?
फर्क फर्क हे ! जाऊ समाऊ,
मानिसहरूको पाउ।
मलम लगाऊ आर्तहरूको,
छहराइरहेको घाउ 
मानिस भई ईश्वरको यो
दिव्य मुहार हँसाऊ ।

5. मेरो नाम छ साँढे ! | nepali short poems

वैज्ञानिक पटु शक्तितन्त्रले
मन्त्र गरीकन छाडे !
पशुबल पाँडे !
क्षेत्र क्या फाँडे !
पन्ना पृथिवी उजाडेँ !
“हा ! हा !” गर्दछ तर्सी दुनियाँ,
डुक्री, हाँकी–हपारेँ !
मेरो नाम छ साँढे !
मानिस जाति थिचियोस्, मिचियोस्,
के पर्वा ?
बलको सुराले लाल छ आँखा,
मेरा मगजमा रिसका ज्वलनका
अणु अर्वा !
विस्फोटक छन् ध्वनिहरु ध्वुंसक,
शठ–गर्वा !
जवाफदेही दुनियाँप्रति के !
तृणचर वा !
अङ्गाररङ्गा हूँ ढाडे !
मेरो नाम छ साँढे !
दया भनेको कमजोरी हो,
गर्जी ड्वाँ !
बालक जन्मनसम्मन् तर्सून् !
पृथिवी झ्वाँ !
आगो डकार्दछु ! सभ्यता खार्दछु,
भुट्दछु च्वाँ !
किनकि म साँढे, साँढे नै हुँ !
भाले ह्वाँ !
वरपर हेरन, तर्सन छाडेँ
मेरो नाम छ साँढे !
सभ्यता सब अट्ने उदर यो,
शस्त्र शिङ्गार !
फलाप मशल् औ विश्व निडर यो,
वंव्–हुङ्कार !
तोपहरुको मुहरी मुख यो
ड्वाँ ओडार !
प्रलयकालको हुँ पटु पाँडे !
मेरो नाम छ साँढे ! 

6. आमा कविता | nepali kabita aama | आमा नेपाली कविता

धर्तीमा कदम टेकायौ आमा
जन्मायौ,बाटो देखायौ आमा

घुक्क घुक्क म रुदाँ खेरी
काखैमा राखी फकायौ आमा

पिडा र मर्म सहेर आफैले
आंधी र हुरी छेकायौ आमा

ठुलो मान्छे बनाउन मलाई
पढायौ अनि लेखायौ आमा

सपना बोकी म प्रदेश लागे
तिमीलाई हिजो के भयो

फर्केर आउँदैछु म तिम्रो छोरा 
भन्दा भन्दै किन आमा

आज टुहुरो बनाइ गयौ आमा
दश धारा दुधको रिन तिर्न सकिन आमा

यो नी पद्नु होस...
*
*

हर दिन नया नेपाली कविता प्राप्त गर्ने को लागी Inepal.xyz अहिले नै Bookmark गार्नु होस ।s

Post a Comment

Previous Post Next Post