गजल : सफर सुरु भएको छ | Nepali Gajal

गजल : सफर सुरु भएको छ | Nepali Gajal | gajal in nepali


nepali-gajal-gajal-in-nepali.
~नृपेश उप्रेती~
भर्खर भर्खर सफर सुरु भएको छ
उनीसंग जुध्न नजर सुरु भएको छ

मुस्कुराउँछे डुलाउँदै नजर यताउता
लाग्छ मेरो चाहतको असर सुरु भएको छ

हात समाइ हिंडिएला एकान्तमा कतै
बल्ल भिडभाड शहर सुरु भएको छ

बनाउँछु अब एउटा छुट्टै नगर प्रेमको
मनभित्र यस्तै रहर सुरु भएको छ

शब्द : नृपेश उप्रेती
स्वर : पुरुशोत्तम सुबेदी
सङ्गीत : पुरुशोत्तम सुबेदी
सङ्गीत संयोजन : पुरुशोत्तम सुबेदी
एल्बम : सुरु भएको छ


What do u think of this गजल : सफर सुरु भएको छ | Nepali Gajal | gajal in nepali ?

Post a Comment

Previous Post Next Post