Aman Maharjan – Malai Kaam Garna Deu

अमन महर्जन – मलाई काम गर्न देऊ
मुटु भरी संगालेका अनेकन चाहना हरु
यो देश, जनता र सगोल समाज का लागि नै भनेर
समर्पित मेरा यी प्रण अनि भाबना हरु
कुंठित गर्न आई लागेका भरौटेहरु
शाबधान
मलाई काम गर्न देऊ
पहाड़ फोड़ने यी हत्केला हरु
बांध लगाउने मेरा यी आंटहरु
ज्वालामुखी मै पनि
हांसी हांसी कुदने यी वीरहरु
शक्तिहीन बनाउने दुस्साहस गरिरहेका
घृणित संकोचित बेगहरू
शाबधान
मलाई काम गर्न देऊ
आमाका ती बगेका आंसुहरु
पखालेका अबोध सिन्दुरहरु
रोएका सुस्काएका क्षण्हरुमा
क्षितिजले एक नब प्रभात पस्कँदै गर्दा
बाँदरी चालाका काला बादलहरु
शाबधान
मलाई काम गर्न देऊ
चाहे संबिधान या बिकास
सहमति भनुँ या सुझाब
निचोड्मा सबै लागि परेका बेलामा
जाती लिंग स्वायत्त्ताका बक्रे मोडमा
अल्झाई देशलाई नै नपुंसक बनाउने नपुंसक हरु
शाबधान
मलाई काम गर्न देऊ
बुद्ध अरनिको जन्माउने देश
सर्बोक्च सिखर, संसार त्राहिमाम पर्ने गुर्खाज को देश
डांफे, मुनाल लालिगुरास ले सिंगारिएको देश
आतंरिक मनमुटाबमा
केहीछिन समाधान रोजेको बेला
खेल खेल्ने या नखेल्ने ,
झीना मसिना कुराकै जटिल लहरमा देशलाई रुवाउने
जिबित प्रेत आत्माहरू
शाबधान
मलाई काम गर्न देऊ

Post a Comment

Previous Post Next Post