जीवन जात्रा हो (Jiban Jatra Ho)

चलचित्र: जात्रै जात्रा
गीत: जीवन जात्रा हो
शब्द: अर्जुन भट्टराई
स्वर/संगीत:- काली प्रसाद बास्कोटा
Mixing: Bizu Karmacharya
Arrange: Rikesh Gurung "Keys"
भाग्यमानी त्यै बज्ये हुन्छ रे
जसका गफले चन्द्रमा छुन्छ रे
अभागीको लौ कुरै नगरौंं न हौ
टुलुटुलु हेरेरै रुन्छ रे
जिवन जात्रा हो
शास्त्रमा लेख्नलाइ छुट्या मात्र हो
जिवन जात्रा हो
शास्त्रमा लेख्नलाइ छुट्या मात्र हो

लोभीको धन नारान पापीले खान्छ रे
पापीको धन नारान खोलैले लान्छ रे
लोभीको धन नारान पापीले खान्छ रे
पापीको धन नारान खोलैले लान्छ रे
इमानदारको भो कुरै नगरौं न हौ
मनको लड्डु घिउसँगै खान्छ रे
जिवन जात्रा हो
शास्त्रमा लेख्नलाइ छुट्या मात्र हो
जिवन जात्रा हो
शास्त्रमा लेख्नलाइ छुट्या मात्र हो



लाटो लडे एक बल्ड्याङ खान्छ रे
बाठो लडे तिन काल्ला हान्छ रे
लाटो लडे एक बल्ड्याङ खान्छ रे
बाठो लडे तिन काल्ला हान्छ रे
म जस्ताको लौ कुरै नगरम् न हौ
ढुङ्गालाइ देउता नै मान्छ रे
जिवन जात्रा हो
शास्त्रमा लेख्नलाइ छुट्या मात्र हो
जिवन जात्रा हो
शास्त्रमा लेख्नलाइ छुट्या मात्र हो


आँटीलाइ नारान बाघ भालु खान्न रे
पापीलाइ नारान हैजाले लान्न रे
आँटीलाइ नारान बाघ भालु खान्न रे
पापीलाइ नारान हैजाले लान्न रे
खाटि कुरो भो धेरै नगरौंं न हौ
मुख छ भन्दै धेर बोल्नु हुन्न रे
जिवन जात्रा हो
शास्त्रमा लेख्नलाइ छुट्या मात्र हो
जिवन जात्रा हो
शास्त्रमा लेख्नलाइ छुट्या मात्र हो
जात्रै जात्रा हो
शास्त्रमा लेख्नलाइ छुट्या मात्र हो

Post a Comment

Previous Post Next Post