Insta Ko Photo


सम्झीन्छौ रे, अझै पनि, उसै गरि, मलाई।
बिर्सिएको जस्तो गर्छौ रे, देखाउन लाई।
खबर सुनेपछि, नराम्रो लाग्यो।
झस्स झस्की, झजल्को बनि, आयौ तिमी।

अझै मलाई माया गर्छेउ रे।
मेरो इन्स्टा को फोटो सधै, हेरी बस्छेउ रे।
माया गर्छेउ रे।
तर साथीभाईको सामु मेरो कुरा काट्छेउ रे।
माया गर्छेउ रे, माया गर्छेउ रे।…२
सम्झीन्छौ रे।

बर्बराउछौ रे निन्द्रामा, सधै तिमी।
झस्कीएर, ओहो, मेरो नाम लिई टोलाउछौ रे।
एकलै एकलै, रहन्छौ रे, भिडभन्दा बेग्लै बेग्लै।
खबर सुनेपछि, नराम्रो लाग्यो।
झस्स झस्की, झजल्को बनि, आयौ तिमी।

अझै मलाई माया गर्छेउ रे।
तिम्रो इमेलको, पासवोर्ड मेरै नामको छ रे।
माया गर्छेउ रे।
सधै म हिंडेको बाटो तिमी, हेरिबस्छेउ रे।
माया गर्छेउ रे, माया गर्छेउ रे।…२

[सानु नगर न याद, सानु बिग्रिसक्यो बात।
सानु बुझाउ आफ्नो मन, अब हुन्न भेटघाट।]…२

सम्झीन्छौ रे, अझै पनि, उसै गरि, तिमी, मलाई। 

Post a Comment

Previous Post Next Post