मोदी Vs मधेश : उपहार, उत्साह र उपेक्षा

तिम्रो आस्थाको व्यापार गर्दै
तिम्रो भुमिको नक्ली, नक्ली लुम्बिनी नि बनाए
आफ्नो स्वार्थ को लागि नाकाबन्दी
आफै नै पछी हटी तिम्लाई ठेङ्गा दिखाए

आफ्नो PM लाई गली गर्ने पराई देशको लाई सत्कार
तिमी नै भन कसरी न उठाउँ म
तिम्रो राष्ट्रियता माथी प्रशन चिन्ह
कस्तो यो तिम्रो दोहरो चरित्र
पराई लाई आफ्नो, आफ्नो लाई भिन्न

आफ्नो ले विकासका कुरा गर्द हावा गफ
कती चोटी को बिश्वासघात पछी पनि
आतुर तिमी सुन्न कागजमा सिमित विकास र ऋण
दुनिँया क विशिष्ट व्यक्ती आउँदा बाल न हुने
तिम्लाई यो भ्रमणमा यती धेरै चासो किन ?

कोशीको बाँध, भुल्या त छै नौ होला तिम्लाई दुबाए
तिम्रा खेतियोगय जमिन हरु लाई बालुवा बनाए
तिम्रो जमिन माथी कब्जा
उल्टै आफ्नो जमिन भनि तिम्रो छाती माथी गोली चलाए

तिम्रो छेपारोको जस्तो रङ बदलिने बानि
याद गर हर दिन Delhi, Kolkata को वेश्यालय म बेचिने तिम्रा कालीला नानी
तिम्रो कर्तुत्, तिम्लाई लाज कसरी लज लागेन
तिम्ले गर्दा म पानी पानी

उस्लाई के भनम म
तिम्ले गर्द म एक मधेशि, मेरो मन खिन्न
होसियार है तिम्रो अनुमतिबिना तिम्रो भुमी पसे हातीयार सहित
मधेश नै सखाप पार्ला खै कुन दिन

पराई को गोली
या ओलि को बोलि
कम्ती म एक चोटी त हेर्
आफ्ना का लागी आफ्नो मुटुको ढोका खोलि

Post a Comment

Previous Post Next Post