तिमीसंगको कुरा… :-साइमोन ठाडा मगर

म खोज्दै थिएँ बाहना बोल्न तिमीसंग
हुँदा मलाई चाहना बोल्न तिमीसंग।

म मात्रै त पागल होइन होला यहाँ 
खोज्छन् होला धेरै जना बोल्न तिमीसंग।

मनका कुरा खुलाई एक पत्र भित्र
लेख्दैछु आफ्ना भावना बोल्न तिमीसंग।


जवाफ आउँछ आउदैन ? खै म भने
दिनमै बुन्छु सपना बोल्न तिमीसंग। 

Post a Comment

Previous Post Next Post