हो कि… ? :- साइमोन ठाडा मगर

आयौ फेरी सपनीमा भाकेर पो हो कि ?
तिम्रा याद मन भरी राखेर पो हो कि ?

बोल्छु अरे निदरीमै नबुझिने गरी
निदरीमै तिमीलाई डाकेर पो हो कि ?

कति दिनु मनलाई पिडा सधैंभरी
 सम्झी राख्ने मेरो मन थाकेर पो हो कि ?

मैले हारे पनि मेरो मनले छैन जस्तो
अझै तिम्रो माया ताकेर पो हो कि ?

Post a Comment

Previous Post Next Post