प्रदेशमा नदेखिने… :- बिष्णु वली/ हाल मलेसिया


प्रदेशमा बस्ने, कुनै पारा देखेन
हाँसो खुशीको, कुनै संसार देखेन।

ठुलठुला महल, हिड्छन्  चिल्ला गाडी
यहाँ कहिलै, गुन साहारा देखेन।

झलमल्ल सधैँ सियो खसे भेटिन्छ रे
कहाँ गए खै नौलाख, जुन तारा देखेन।

कति पिउनु फ्रीजको जताततै समुन्द्र छ
यहाँ प्यास लाग्दा मूल धारा देखेन।

खट्नु पर्छ सधैं पच्पन्न डिग्रीको घाममा
थकाइमा सितल ताप्ने चौतारा देखेन।

Post a Comment

Previous Post Next Post