जिन्दगीका अधुरापन... :- साइमोन ठाडा मगर

जिन्दगीमा ठुला ठुला भार लगाएर
अन्तै बाटो मोड्यौ यता बार लगाएर।

पारी पुग्नु पर्ने छोडी गयौ किनारैमा
 जानु पर्ने सहयात्री पार लगाएर।

ठिकै थियो जिउन मुस्किल भएपनि
हिड्नै गार्हो भाछ यता तार लगाएर।

अर्थहीन छ जिन्दगी, छ अधुरो यात्रा
छोड्नु पर्ने मेरो यात्रा सार लगाएर।

Post a Comment

Previous Post Next Post