नशा चढाउने गजबको मात हौ तिमी
(Nasha Chadhaune Gajabko Maat Hau Timi)
एक झलकमानै नशा चढाउने गजबको मात हौ तिमी,मलाई लाग्छ लागु पदार्थको खतरनाक जात हौ तिमी,
गुलाबी ओठले आफ्नो वास्तविकता छिचोल्न नखोज,
नागीन भन्दा नि बढी विष बोकी बसेको दात हौ तिमी,
केहि त रहस्य छ जति गर्यो तेती नै बढ्छ तिम्रो कुरा,
नन्तकालसम्म नि गरेर नसकिने बात हौ तिमी
जे जस्तो भएपनि तिमीलाई सधै माया गरेकै त थिए
येसो बुझ्दापो थाहा पाए, मायामा पाउने घात हौ तिमी
Post a Comment