धड्कन रोकिदिन्थेँ

Binod Bibash
उत्ताउलो मेरो यो तन रोकिदिन्थेँ
तिम्रै आग्रहमा मन रोकिदिन्थेँ
निदाउँदा तिमी मुटुमा शिर राखी
मैले दिलको धड्कन रोकिदिन्थेँ
तिम्रो आत्मामा चोट लाग्छ भनी
नबोल्दै कति बचन रोकिदिन्थेँ
डर लाग्यो भन्थ्यौ, मलाई नै हेरी
सिंहको आतङ्कीत गर्जन रोकिदिन्थेँ
बरु बोलेको भए तिमीले एक चोटी
आफ्नै सास आफ्नै जीवन रोकिदिन्थेँ
विनोद विवश
कुश्मीसेरा १, बागलुङ
२०७२-०२-२०

Post a Comment

Previous Post Next Post