पिरतीको अमृत रस ....
पिरतीको अमृत रस पिलाउदा कस्तो होला
अंग अंग प्रत्येक अंग मिलाउदा कस्तो होला
काउकुती तर्सिएर तिमी मबाट पर -पर भाग्दा
तिमीलाई मैले फकाई फकाई रिजाउदा कस्तो होला
मन त हाम्रो संगै नै छ श रीर टाढा भए पनि
यौटै बिछौना संगै रात बिताउदा कस्तो होला
बाहिरी कामले थकित शरीर अझै थकित बनाएर
माया प्रीतिको खेल पछी निदाउदा कस्तो होला
यो देशमा राज नेता राम्रो जन्मे जस्तो छैन
तिमीबाटै महा-पुरुष जन्माउदा कस्तो होला
Post a Comment