अरुको मनमा फूल्दै जाउ ........
मेरो मनमा सकिनौ बस्न अरुको मनमा फूल्दै जाउ
मेरी बन्न सकिनौ तिमी जति सक्छेउ भुल्दै जाउ
मायाको बारी उजाड भयो आगो लायौ धोकेबाज
अरुको फाँटमा लह लह लहरे धान झैँ झुल्दै जाउ
दुई मुटु जोडी संगै जिउने भता भुनंग सपना
विष ठान्यौ मेरो माया अमृत खोजि घुल्दैजाउ
मरु भुमि पार्यौ तिम्ले मायाको मेरो फूलबारी
पराइको बगैचा पुतली बनि डुल्दै जाउ
औशी रात बनाइ छाड्यौ मायाले मेरो जिन्दगी
पराइको काखमा औशिको रातमा जुन बनि खुल्दै जाउ
Post a Comment