आफ्नै भाग्य खोटो
कसलाई दोष दिनु र खै आफ्नै भाग्य खोटो रैछ
यात्रा धेरै लामो थियो तर जीवन छोटो रैछ
अजम्बरी होला भन्थे मानव मैले हजुर सदा
घाम पानी र शीतले गाली जाने भोटो रैछ
अरुले भन्दा मिठो -मिठो खाय भन्थे मैले
विषलाई नै विश्ले मुछी पकाएको रोटी रैछ
उसको मेरो दुइ मुटु यौटै भए भन्थे मैले
आजै मात्र थाहा पाँए कति ठूलो फाटो रैछ
मूर्ति भनि रात दिन पूजे उसलाई मैले
तर आज फोडी हेर्दा बीउ न उम्रने माटो रैछ
मूल बाटोमा कुरी बसें तड्पी - तड्पी उसलाई
लुकी भागी जाने गरेको उसको अर्कै बाटो रैछ
संसार हाँक्ने दिमाग छ भन्थें आज भन्दा पहिले
आफ्नै माया छिन्न नसक्ने मेरै दिमाग लाटो रैछ
Post a Comment