कविता
सत्ता ?भत्ता?जनता? के का लागि लडाइ?
नेपालमा भ्रस्टहरु ,
यौटी परम सुन्दरी निर्जन वनमा एक्लै देखेर
यौन पिपासुहरु आकर्सित भय जस्तै
मसान घाटको लास देखि सैयौ किलोमिटर टाढाको आकाशबाट
गिद्धहरु हुत्तिए जस्तै
एउटी अवला नारीका गर गहना लुटी मार्ने
आतताई कुटील जाल बुने जस्तै
सत्ता र भत्ता का लागि जालहरु बुनिरहेछन
लडीरहेछन
सिनोमा कुकुर बिरालो र स्याल जस्तै
लुछा चुंडीगरिरहेछन्
रमाएकाछन् फूलबारीका गुन्हे किरा झैँ
स्वतन्त्र देखिन्छन मुक्त भएका कमारा झैँ
तछाड मछाड छ झिंगा झैँ भंकेकाछन्
रगत चुस्ने वर्षे जुका झैँ तन्केकाछन्
सत्ता र भत्ता का लागि लडीरहेछन
तर कोहि
अन्तिम लडाइ लडिरहेछन्
पाण्डव र कौरव अनि राम र रावण जस्तै
माछी र माझी अनि अवला नारी र वलात्कारी जस्तै
यो लडाइ रुदिवाद र नयाँ बिछार बीचको हो
दस प्रतिसत र नब्बे प्रतिसत बीचको हो
यो लडाइ देश जनता र स्वाभिवान बीचको हो
तर यहाँ
कोही सत्ताका लागि लडीरहेछन
कोहि भत्ताका लागि लडीरहेछन
कोही बाच्न लडेका छन् कोहि बचाउन
कोहीभोकै लडे कोही मानो पचाउन
कोही निरंकुस्ता ढाल्न कोही जोगाउन
कोही देशका लागि मरे कोही धन का लागि
कोही आफ्नै सत्रुक लागि ,कोही आफ्नै ज्यानक लागि
कोही सुनका लागि कोही नुनक लागि
कोही जातका लागि कोही भत्का लागि
लड्नेलडी रहेछन गर्नेले मोजमस्ती गरिरहेछन
बादी पीडित भोकै मरे भ्रस्टाचारी भुँडी भरिरहेछन्
तर ,
गर्दैनौ भन्दैनन् कोही
गर्ने संकेत देखिदैन केहि
लुटपाट चर्किएकै छ /
बम गोलले देश थर्किएकै छ
घाइतेका घाउ पाकेकै छन्
पजेरो चड्ने चढीरहेछन्
तर जनता लाईआशा छ
सबै तत्व बिरुद्ध
जनता अन्तिम लडाइ लड्नेछन
देशमा क्रान्ति पछिको
वास्तविक शान्ति आउने छ
नयाँ किरण छाउनेछ
विशेस कायक्रम मा बचन गरिएको कविता
Post a Comment