काल | Best Nepali Poem
आउँछ लिन्छ जान्छ, रोकेर रोकिदैन त्यो
नाम भन्छन काल, कसैको सुन्दैन यो
जति आसुँ पोखे पनि, देख्न सक्दैन त्यो
उमेरको वास्ता नगरि, लिएर गैहाल्छ यो
आमा बुबा छोरा छोरि, सबैलाइ लान्छ तयसले
बालकदेखि बुढासम्मलाइ रुआउछ यसले
नआइज भनेर बिन्ति गर्छन सबैजनाले
तर सुन्न सक्दैन ति आवाज उस्को यो निर्दयि मनले
उसँग जान मन्ने छैनन कोहि पनि
उसलाइ असर पर्ने छैन जो जति नै रोए पनि
कसैलाइ लगेपछि जानेको याद बन्छ घाउ मन्मनि
बेलाबेलामा जानेको याद आउँदा, दुख्छ त्यो घाउ टनटनी
Post a Comment