Kathamandu sapana ko sahar | Nepali poetry | nepali sahitya

काठमान्डौ सपनाको सहर  | Nepali poetry | nepali sahitya


काठमान्डौ किन बनेको छ सपनाको सहर

को हेर्छ याँहा बैरागीले भरिएको घरको लहर

हेर्दैनन् याँहा भोकै बिचरा लडेको मानिसको मुहार

सुन्ने को याँहा पानीको प्यासीको गुहार



हर्षसाथ आइरहेका छन् मानिस घरबाट

हर्ष लिइ आए पनि के पाउनेछन्  यो दुखित सहरबाट

राम्रो काम राम्रो दाम र पशुपति धाम

तर राम्रो दाम लिनेछन गरि छुमछाम



सहर सहर भन्दा भन्दै थुप्रो भैसक्यो फोहोर

जसले फाल्यो चोट लाग्नेछ यदि उसलाई भने सोहोर

सुरक्षा भने पनि लाग्छ याँहा प्रहरीको मा चोर

दुध पिउ भने छैनन् गाइको गोठ वा बाख्राको खोर



मानिसलाइ हान्छन सुई भन्दा याँहा हान्छन सब्जिलाई सुई

पसलेलाई आघि पैसा दिए भन्छन फेरी पैसा खुइ

सपनाको सहर बिपनामा रहेछ नर्क

यदि मौका पाए छोड्नेछु काठमान्डौ तिमि पनि फर्क

Post a Comment

Previous Post Next Post